मंसिर पहिलो सातासम्म प्रतिनिधि सभा निर्वाचन हुन्छ :प्रचण्ड

0
1648463499_prachanda2

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आउँदो मंसिर पहिलो सातासम्म प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने बताएका छन्।

उनले कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने विषमा सत्ता गठबन्धनभित्र छलफल चलिरहेको बताए।

सोमबार बर्दियामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले चुनाव दुई चरणमा गर्ने कि एक चरणमा भन्ने विषय चाहिँ टुंगिन बाँकी रहेको जानकारी दिए।

‘चुनाव दुई चरणमा गर्ने कि एक चरणमा भन्ने छलफल भइरहेको छ। सकभर एकै चरणमा गर्ने कि भन्ने छलफल भइरहेको छ। तर, कात्तिक अन्तिम साता वा मंसिर पहिलो सातामै चुनाव हुन्छ। त्यसमा ढुक्क भए हुन्छ’, प्रचण्डले भने।

प्रचण्डले प्रतिपक्षको कुरा पनि कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र चुनाव होस् भन्ने रहेको बताए।

प्रदेश र संघको निर्वाचनपछि मुलुकमा नयाँ सरकार गठन भएर विकास(समृद्धिको यात्रा अघि बढ्ने प्रचण्डको दाबी छ। चुनाव कहिले गर्ने भन्नेमा गठबन्धनमा मोटामोटी सहमति भइसकेको उनले जनाए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed