मन्त्रीमण्डल पुनर्गठन दशैं अगावै हुने,अर्थमन्त्रीमा नेकपा महासचिव पौडेलको सम्भावना बलियो

0
collage (24)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहकारी विकासगरी तीन मन्त्री तत्काल नियुक्त गर्ने हुनुभएको छ। तर, औपचारिक पुनर्गठन भने दशैं तिहारपछि मात्रै हुने भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच बिहीबार भएको छलफलमा रिक्त रहेका तीन मन्त्री तत्काल नियुक्त गर्ने समझदारी भएको प्रधानमन्त्री निकट एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।

अहिलेसम्म अर्थमन्त्रीमा पार्टी महासचिव विष्णु पौडेल हुने पक्कापक्कीजस्तै भएको ती स्थायी कमिटी सदस्यलेजानकारी दिनुभयो । तर, सहरी विकास मन्त्रीमा भने कृष्णगोपाल श्रेष्ठ र सुरेन्द्र पाण्डेमध्ये एक जना हुने सम्भावाना रहेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। यद्यपि पाण्डेले सार्वजनिक रुपमा अर्थ मन्त्रालय नपाए सहरी विकास मन्त्री नहुने बताइसक्नुभएको छ।

अहिलेसम्म सञ्चारमा जनार्दन शर्मा, महेश बस्नेत, पम्फा भुसाल, विशाल भट्टराई, राजेन्द्र गौतमलगायत नेताले आकांक्षा देखाएका छन्।

सञ्चारमन्त्री सरकारको प्रवक्ता र प्रधानमन्त्रीको विश्वासपात्र हुनुपर्ने भएकाले प्रधानमन्त्री निकट नै मन्त्री हुन सक्ने बताएको छ।

अहिलेसम्म सञ्चारमा जनार्दन शर्मा, महेश बस्नेत, पम्फा भुसाल, विशाल भट्टराई, राजेन्द्र गौतमलगायत नेताले आकांक्षा देखानुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed