माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय (सूचीसहित)

0
UML Samsadiya Dal1629194554

काठमाडौं । पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

पार्टी विभाजन गर्ने तयारीमा रहेकाले माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

एमाले सचेतक शान्ता चौधरीले उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न निर्णय संसदीय दलले गरेको भन्दै संसद सचिवालयलाई सूचना दिएको जानकारी दिइन्।

यी हुन् कारवाहीमा पर्ने सांसदहरू :

माधवकुमार नेपाल

जीवनराम श्रेष्ठ

मुकुन्द न्यौपाने

रामकुमारी झाँक्री

कल्याणीकुमारी खड्का

लक्ष्मी चौधरी

निरुदेवी जैरु

पुष्पाकुमारी कर्ण

सरलाकुमारी यादव

कलिला खातुन

विरोध खतिवडा

कृष्णलाल महर्जन

भवानी खापुङ

मेटमणि चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed