Banking Khabar
मुख्य समाचार

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा भदौ २० गते सञ्चालन हुने

shilalekha
shilalekha
प्रकाशित: August 31, 2020
August 31, 2020
सेयर:

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिँदै आएको चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा भदौ २० गते सञ्चालन हुने भएको छ।

परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको भन्दै काउन्सिलले यही २० गते परीक्षा सञ्चालन गर्न लागेको हो। भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले परीक्षा सञ्चालनका लागि अनुमति दिएसँगै काउन्सिलले परीक्षा हुने मिति तोकेको हो।

परीक्षा सञ्चालनका लागि काउन्सिलले निश्चित मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ। जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न सकिने अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभयो ।

प्रत्येक परीक्षार्थीको चारै तर्फबाट कम्तीमा २/२ मिटरको दूरी कायम गरी एउटा हलमा २५ जना बढी परीक्षार्थी राख्न नपाउने बैठकले निर्णय गरेको छ। आवश्यक सहजीकरणका लागि आवतजावत र सुरक्षाको व्यवस्था स्थानीय प्रशासनले मिलाउने मन्त्री खतिवडाले जानकारी दिनुभयाे ।

यसअघि काउन्सिलले लिँदै आएको लाइसेन्स परीक्षा लकडाउनका कारण प्रभावित भएको थियो। यही भदौ ७ गतेदेखि लाइसेन्स परीक्षा लिने भनिए पनि अवस्था सामान्य नभएको भन्दै काउन्सिलले उक्त परीक्षा स्थगित गरेको थियो। यसअघि चैत ८ गते तय भएको परीक्षा पनि स्थगित भएको थियो।

लाइसेन्स परीक्षा दिन काउन्सिलले लाइसेन्स परीक्षाका लागि धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल र नेपालगञ्जमै केन्द्र ताकेको छ। लाइसेन्स परीक्षाका लागि चिकित्सकहरु काठमाडौं नै आउनुपर्ने बाध्यता नभएको काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।