Banking Khabar
ब्यानर न्युज

मेयरका उम्मेदवार सिर्जनालाई आरजुको भरोसा, ‘कुशलतापूर्वक घर चलाउनुभयो,महानगर पनि हाँक्नु हुन्छ !’

shilalekha
shilalekha
प्रकाशित: April 26, 2022
April 26, 2022
सेयर:

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई महिला भएकै कारण कसैले कमजोर नसोच्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री पत्नी  समेर रहेकी राणाले सिंहलाई कसैको श्रीमती भनेर अवमूल्यन नगर्न विपक्षीहरूलाई  चेतावनी थियो।

‘तपाईंले टिकट पाउँदा म एकदम खुसी छु। यो महानगर अरू निर्वाचन क्षेत्रभन्दा पनि ठूलो छ। काठमाडौंमा कतिवटा निर्वाचन क्षेत्र छन् मलाई थाहा छैन,’ उनले भनिन्,‘गणेशमान सिंह, मंगला आमाजस्ता नेता भएको परिवारकी तपाईंले कुशलतापूर्वक घर चलाउनुभयो। महानगर पनि हाँक्नु हुन्छ, मलाई सय होइन हजार प्रतिशत विश्वास छ।’ राणाले भनिन्

राणाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने भन्दै सिर्जना सिंहलाई जिताउन आह्वान गरिन् । मुलुकको परिवर्तनमा महिलाहरूले धेरै योगदान गरेको भन्दै अब पदमा रहेर देशका सेवा गर्ने समय आएको आरजुको भनाइ छ ।

केन्द्रीय सदस्य  राणाले मतदाताको घर-घरमा गएर भोट माग्न सिर्जना सिंहलाई सुझाव दिएकी छन्।

सत्तागठबन्धनमा नेपाली कांग्रेबाट काठमाडौं महानगरको मेयर पदमा उम्मेदवार बनेकी सिंहलाई आरजुले मतदाताको घरदैलोमा पुगेर भोट माग्न सुझाव दिएकी हुन्।

सिंहनिवास चाक्सीबारीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आरजुले भेला र जुलुसमा बढी नहिँडेर मतदाताको दैलोसम्म पुग्न जरूरी रहेको बताइन्।
आफूलाई साथी र सहयोगीले सभामै अल्मल्याएर राख्दा चुनाव हार्नुपरेको अनुभव उनले सुनाइन्। ‘साथीहरूले माया गर्ने, सभामा जाने। तर, भोटरकहाँ नजाँदा म फसेँ,’ उनले भनिन्,‘सभाभन्दा घरघरमा गएर मतदाता भेटौं।’

काठमाडौंकी उपमेयर हरिप्रभा खड्गीले पाँच वर्षमा महानगरमा भएको विकासलाई निरन्तरता दिन सिर्जना सिंहलाई विजयी गराउनुपर्नेमा जोड दिइन् । काठमाडौंलाई सांस्कृतिक सहरको रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।