Banking Khabar
ब्यानर न्युज

युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिस

प्रकाशित: October 1, 2020
October 1, 2020
सेयर:

काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउन सिफारिस गर्ने निर्णय गरेको छ।

यस्तै मन्त्रिपरिषद्ले मुख्य सचिवबाट राजीनामा दिनुभएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ।

भने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।  कात्तिक ३ गते उहाँको कार्यकाल सकिँदै थियो।

उहाँको राजीनामासँगै सचिवहरु बैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी मुख्य सचिवको दौडमा रहेका रहनुभएको थियो ।