Banking Khabar
मुख्य समाचार

रामचन्द्र पौडेलको प्रश्नः सत्याग्रहीलाई एकपछि अर्को गर्दै मार्दै जानेहरुलाई जनताले के सजाय दिने हो ?

प्रकाशित: October 5, 2020
October 5, 2020
सेयर:

काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले डा.गोविन्द केसीलाई गोरखाका नन्दप्रसाद अधिकारी जस्तै बनाउन खोजेको आरोप लगाउनुभएको छ ।

सोमबार साँझ ट्वीट गर्दै नेता पौडेलले ‘खतमाफहरुलाई एक प्रश्न !’ भन्दै लेख्नुभएको छ, ‘म फेरि सोध्छु, कम्युनिष्ट सरकारसँग के डा. गोविन्द केसीले पनि गोरखाका नन्द प्रसाद कै नियति भोग्नु पर्ने हो ?’

पौडेलले सत्याग्रहीलाई एकपछि अर्को गर्दै मार्दै जानेहरुलाई जनताले के सजाय दिने होरु भनि प्रश्न पनि गर्नुभएको छ ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसन बसेका गोरखाका नन्दप्रसाद अधिकारीको अनसनस्थलमै मृत्यु भएको थियो।

कांग्रेस नेता पौडेलले डा. केसीले पनि त्यही नियति भोग्नुपर्ने त होइन भन्ने आशंका गर्नुभएको हो । चिकित्सा शिक्षा तथा स्वास्थ्यमा सुधारको माग राख्दै डा केसीले २१ दिनदेखि अनसन जारी राखेपनि सरकारले वेवास्ता गरेको छ।