विद्यार्थी नेताहरुको व्यवस्थापनका लागि तदर्थ समितिमा उमेरहद लागु गर्न हुदैन् : नेता शाही

0
275473206_1066831390854369_3067176545611928381_n

काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ समितिमा परिपक्व नेतृत्वको ल्याउन माग गर्दै नेविसंघका नेताहरुले गृहमन्त्री  तथा नेपाली कांग्रेसका केन्दीय सदस्य बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएर दवाव दिएका छन् ।

आइतबार सिंहदरबार स्थित गृहमन्त्रालयमा नेविसंघका पूर्व उपसभापति पुष्प कुमार शाही तथा पूर्व महामन्त्री सरोज थापाको लगायतको टोलीले गृहमन्त्री खाँडलाई लाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

 

नेविसंघका पूर्वउपसभापति शाहीले तदर्थ समितिमा उमेरको हदबन्दी भन्दा पनि परिपक्व र सक्षम नेतृत्त ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । शाहीले भन्नुभयो ‘नेविसंघमा उमेरहदभन्दा पनि अहिलेसम्म नेविसंघमा लागेका साथीहरुको व्यवस्थापनका लागि पनि तदर्थ समितिमा परिपक्व नेतृत्व ल्याउनुपर्ने हुन्छ ।’

शाहीले नेविसंघ बनाउन जीवनको उर्वर समय लगानी गरेका नेताहहरुको व्यवस्थापन गर्न पनि यस तदर्थ समितिलाई सुन्तिुलित बनाउन जोड दिनुभयो ।

गृहमन्त्री खाँडले पनि ज्ञापत्रपत्र बुझ्दै आफु पनि उमेरहद लागु हुनुपर्नेृ पक्षमा नरहेको बताउनुभयो । गृहमन्त्री खाँडले पार्टीले विद्यार्थी नेताहरुको भविष्य हेरेर उचित निर्णय लिने आश्वासन समेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed