Banking Khabar
बीमा

विमा र निर्जीवन बीमा के हो ?

shilalekha
shilalekha
प्रकाशित: February 16, 2021
February 16, 2021
सेयर:

काठमाडौं । बीमा भौतिक तथा मानवीय क्षतिको क्षतिपुर्ति प्राप्त गर्ने एक किसिमको सम्झौता हो । बीमा गरिसकेपछि पहिलो पक्ष अर्थात् बीमित व्यक्तिले आफ्नो वस्तु वा दायित्वको कुनै जोखिमहरूका विरूद्ध आर्थिक सुरक्षाको निम्ति पूर्वघोषित सानो रकम बुझाए वापत दोस्रो पक्ष अर्थात् बीमकले पहिलो पक्षलाई आर्थिक सुरक्षा प्रदान गर्दछ । जीवन तथा निर्जीवन गरी बीमा दुई किसिमका हुन्छन् ।

निर्जीवन बीमा केलाई भनिन्छ ?

जीवन बीमा बाहेक चल अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदीको गरिने बीमा निर्जीवन बीमा हो । यस किसिमका विमा अन्तरगत दुर्घटना, औषधीपचार खर्च, तेस्रो पक्ष दायित्त्व, उत्पादन दायित्त्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ ।

दुर्घटना, आगलागी, चोरीलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको क्षतिपुर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन बीमा गर्ने गरिन्छ ।