Banking Khabar
ब्यानर न्युज

विवाहको पूर्वसन्ध्यामा श्वेता खड्काले भनिन्– ‘यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?’

shilalekha
shilalekha
प्रकाशित: December 7, 2020
December 7, 2020
सेयर:

काठमाडौं । अभिनेत्री श्वेता खड्काले आफ्नो जीवनको दुःखद् अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेको बताएकी छन्। विवाहको पूर्वसध्यामा उनले सामाजिक सञ्जाल फेसवुकमा आफ्ना मनका बह लेखेकी छन् । केही वर्षअघि उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। तर विवाहको दुई दिनमै बिरामी परेका श्रेष्ठको उपचारका क्रममा निधन भएको थियो।

लामो समय पतिवियोगबाट गुज्रेकी उनले मंसिर २२ सोमबारमा फेरि बिहे गर्दैछिन्। उनले धनगढीका विजयेन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन्।

‘म जीवनको दुःखद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’ उनले बिहेको पूर्वसन्ध्यामा लेखेकी छन्, ‘त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन। अतीतका मीठा पलहरूलाई मनको कुनामा पोको पारी भविष्य सजाउने नवीन यात्रा थालनी गर्ने यो निर्णय लिनु म एक्लैका लागि सहज र सम्भव छँदै थिएन।’

आफ्ना परिवारका सदस्यको निरन्तर प्रयास, साथीसंगी, अग्रज र दिग्गज व्यक्तित्व लगायत शुभचिन्तकले दिएको हौसला, साहस र प्रोत्साहनकै कारण आफू यो निर्णय लिन सफल भएको उनले बताएकी छन्।

उनले प्रश्न गरेकी छिन् – के यो पुरुष प्रधान समाजले मेरो यो निर्णय स्वीकार गर्ला ररु मलाई थाहा छ, श्वेताको आँखामा आँशु मात्रै देखिनुपर्छ भन्ने सोच बोकेका दुई चार जना व्यक्तिहरूलाई मेरो यो निर्णयले पोल्नेछ।’

यस्तो छ श्वेताको स्टाटस