संसद सचिवालयलाई प्रचण्डको पत्र:संसदीय दलको नेताबाट केपी ओलीलाइ हटाइसक्यौ,मान्यता नदिनुहोस् !

0
agni sapkota vs parchnd

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी गराएको छ ।

प्रचण्ड-माधव समूहका सांसद देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मालगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधरण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएका हुन् ।

सो समूहले संसदीय दलको हैसियत गरिने कुनै पनि कार्यलाई मान्यता नदिन पनि संघीय संसद सचिवालयलाई आग्रह गरेको छ । पत्रमा पार्टीको विधानअनुसार साधारण सदस्य तथा अध्यक्षबाट निष्कासन गरिसकेकाले संसदीय दलको नेताको रूपमा रहन नसक्ने भन्दै सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको ‘जानकारीसम्बन्धी पत्रमाु ‘असंबैधानिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनको निर्णयलाई सम्मानित सर्वोच्च अदालतले असंबैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनः स्थापित भइसकेको अवस्थामा माथिका प्रकरणहरूमा उल्लेखित वस्तुतथ्यको विपरीत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तथा यसको संघीय संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारवाहीलाई अनाधिकृत भई मान्य नहुने कुरा जानकारी गराउँछु’ भनिएको छ ।

पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता देव गुरुङले संसदीय दलका नेताको सवाल भएकाले उनलाई साधारण सदस्य र अध्यक्षबाट हटाएकोबारे संसद् सचिवालयलाई लिखित जानकारी गराइएको बताए ।

हेर्नुहोस् पत्र : 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed