Banking Khabar
ब्यानर न्युज

संसद् अधिवेशन माग गर्दै नेकपाकै सांसद्‍ले बुझाए हस्ताक्षर

shilalekha
shilalekha
प्रकाशित: December 16, 2020
December 16, 2020
सेयर:

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदहरूले संघीय संसद्‍को विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरूको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुग्नुभएकाे हाे ।

संसद्‍मा तत्काल कायम भएकामध्ये एक चौथाइ सभासदले हस्ताक्षरसहित निवेदन गरेमा  विशेष अधिवेशन डाक्नुपर्ने कानुनी व्यवस्था छ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्र पनि विशेष अधिवेशन तत्काल बोलाउन दबाब दिनुपर्ने माग चर्किरहेको छ। संसदको नियमित अधिवेशन नै पुस १८ गते अघि बोलाउनुपर्ने सरकारको बाध्यता छ। असार १८ गते बजेट अधिवेशन अन्त्य भएको थियो। अब नियमित अधिवेशन बोलाउने समय पनि सोही बराबर मात्र बाँकी रहेको छ।

संसद्‍को एक चौथाइ ६९ जना आवश्यक हुन्छ। राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा प्रचण्ड-नेपाल समूहका ८० जना भएको बुझिएको छ।