Banking Khabar
ब्यानर न्युज

संसद विघटनविरूद्ध १ सय ६५ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले विरोध गर्ने

shilalekha
shilalekha
प्रकाशित: December 26, 2020
December 26, 2020
सेयर:

काठमाडौं । नेपाली कांग्रेसले सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन गरेको विरोधमा प्रदर्शन गर्ने भएको छ।

पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सोमबार हुने प्रदर्शनमा सहभागी हुन अपिल गर्नुभएको छ ।
संसद विघटनको असंवैधानिक कदमविरूद्ध एक सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ।

विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु,विज्ञप्तिमा भनिएको छ,’संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ।’
सभापति देउवाका अनुसार सोमबार हुने प्रदर्शन उहाँ आफैंले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्नुभएको थियो ।

Courtesy: NC