संसद विघट्न गर्नु अघि बिहान १० बजे नै ९० सांसद्‍ले दर्ता गराएका थिए ओलीविरुद्धको अविश्वास प्रस्ताव

0
makune vs dahal

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपा संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ।

नेकपा संसदीय दलको नेताबाट हटाउन ओलीलाई हटाउनुपर्ने भन्दै ९० सांसदले आइतबार बिहान १० बजेकै आसपास नेकपा संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको पाइएको हो।

प्रधानमन्त्री ओलीविरुद्ध नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको पाइएपछि राष्ट्रपतिको कदम थप विवादित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed