Banking Khabar
मुख्य समाचार

सञ्चारकर्मी रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी

प्रकाशित: February 23, 2021
February 23, 2021
सेयर:

काठमाडौं ।सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।

नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कारलगायत कार्यक्रम आउने भएको छ।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए।