Banking Khabar
ब्यानर न्युज

सडकबाटै जनताले राजा फाले,अब केपी ओलीको सरकार पनि ढल्नेछ:अष्टलक्ष्मी शाक्य

shilalekha
shilalekha
प्रकाशित: December 29, 2020
December 29, 2020
सेयर:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जनताले राजाको निरंकुश शासन सडकबाटै फालेको भन्दै ओली शासनलाई पनि फाल्ने बताउनुभयो ।

प्रदर्शनीमार्गमा भइरहेको विरोधसभालाई सम्बोधन गर्दै शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान माथि कू गरेर जनताको अधिकार खोसेको बताउनुभएको हो । शाक्यले भन्नुभयो, ‘हामी राजाविरुद्ध सडकमा ओर्लिएका थियौं। अहिले ओलीविरुद्ध सडकमा छौं। जनताको शक्तिको अघि कस्ता कस्ता तानाशाह त ढले भने ओलीको शासनपनि ढल्नेछ।’

शाक्यले ओली कमरेड नभइ निरंकुश शासक भएको भन्दै भन्नुभयो, ‘जनताको अधिकार खोसेर ओली कमरेड रहेनन्। उनी निरंकुश सामन्ती शासक ओली बने। जनताको खोसिएको अधिकार प्राप्त गर्ने आन्दोलन राजाले रोक्न सकेन भने ओलीले पनि सक्दैन।’

गणतन्त्र संघीयत र लोकतन्त्र आएपछि राजनीतिक अधिकार स्थापित भएकोमा नेपालीहरुले गर्व गरिरहेको बेला ओलीले संविधान र जनताको इच्छामाथि नै प्रहार गरेको उहााँको भनाइ छ।

संविधान निर्माणपछि राजनीतिक स्थायित्व कायम हुन्छ भनेर जनताले नेकपालाई अभिमत दिएर सम्मान गरेर भन्दै उहाँले ओलीले जनताको विश्वास तोडेको बताउनुभयो ।