Banking Khabar
ब्यानर न्युज

सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दा बारमै दुई वकिलबीच कुटाकुट !

shilalekha
shilalekha
प्रकाशित: October 29, 2021
October 29, 2021
सेयर:

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ ।

शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो ।

शुक्रबार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो।  अधिवक्ता चुँडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए।

अधिवक्ता भूमिनन्द चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जाइलागेका हुन्। परिसर भित्रै दुबैले हानाहान गरेका छन्।

न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरूद्धमा छन्।