समाजले नारीलाई मर्यादा सिकाउदा आक्रोश,हिनता र अस्थिरताले सताउँछ:ऋचा शर्मा

0
reecha sharma11111111111111111111111111

काठमाडौँ । ‘मैले बुझेको रजतपटको अर्थ–चलचित्र घरको पर्दा हो । तर हिजोआज मैलो हुँदै गएको छ, शायद धुने बेला आएको छ, शायद फेर्ने बेला आएको छ ।’ अभिनेत्री ऋचा शर्माले चलचित्र क्षेत्रमा हुँदै आएको भद्धा आक्रमण र ‘अश्लिल’ प्रस्तुतिप्रति गरेको टिप्पणी हो यो ।

हालै एपि वान टेलिभिजनबाट प्रशारण हुने चलचित्र सम्बन्धी कार्यक्रम ‘रजतपट अंकल’ का प्रस्तोता प्रकाश सुवेदीले अभिनेत्रीलाई लक्षित गरी गरेको अपमानजनक र अशोभनीय चित्रणको अभिनेत्री शर्माले आपत्ति जनाएकी गरेकी छन् ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘ तँ दारे छस, तँ काली छस, भ्यात्त परेकी छस् । यस्ता शब्द तपाईँलाई राष्ट्रिय टेलिभिजनमा एउटा कार्यक्रम प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्लारु
एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनु पर्ने, कस्तो लगाउनु पर्ने, कसरी हिँड्नु, बोल्नु, खानु पर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाइदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउँछ।’

उहाँले एक लामो स्टाटस लेख्दै, ‘मेरो शरीरको बनावट उनीहरुले चाहेझैँ बनाउ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउ त म मोटी, दारा भएको, काली, भ्यात्त परेकी हुन्छु। जब–जब मान्छेले आफूलाई संरक्षक कहलाई अहंकार र अभिमानको बाटो रोजेका छन्, ठूला–ठूला मै हु भन्नेले पनि गद्दी छोड्नु परेको छ। मलाई म र तपाईँलाई तपाईँ बन्न नदिनेलाई अब चुप लगाउनुहोस्।’

नेपाली चलचित्र क्षेत्रमा बलियो आत्मबल र आफ्नो अभिव्यक्ति बिना हिचकिचाहट प्रस्तुत गर्ने अभिनेत्रीका रुपमा परिचय बनाएकी शर्माले आफूप्रति हिनताबोध गराउन खोज्नेलाई सिधा जवाफ दिनु पर्ने उल्लेख गर्नुभएको छ । उहाँँले लेख्नुभएको छ , ‘कसैले हिन्दीमा तपाईँलाई उखान सुनाएमा, अंग्रेजीमा– क्ष् बm गलबउययिनभतष्अबििथ यधलष्लन mथकभाि, अबल थयग पष्लमथि कजगत गउरु भन्नुहोस् ।’

ऋचाले लेख्नुभएको छ, ‘हामी परिश्रम र क्षमताले कलाकार भएका हौँ, कसैले हामीलाई महानायिका बनाउनु परेको छैन। कठै हाम्रो समाज र ती अग्रज भनाउँदाहरु, त्यो भन्दा कठै उनीहरु को सोच । तर अब ती कठैका सोच बिच म कठैबरा बन्दिनँ।’

उहाँँले आफ्ना सहकर्मी अभिनेत्रीहरुसँग आग्रह गरेकी छन्, ‘ एक दशकदेखि यस क्षेत्रमा रहेको म र मेरा अग्रज दिदीहरु तथा नयाँ बहिनीहरुलाई भन्न चाहन्छु कि चाहे जो सुकैले तपाईँलाई चार दिनको चन्द्रमा र त्यसपछि औँशी भन्छन्, तिनलाई हाँसेरै भन्दिनुस् की दोष तिनको दृष्टिकोणमा छ, सिकाईदिनुस् कि

औँशीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ । सुनाई दिनुस्, चन्द्रमा आफ्नो दाग बिच नै सुन्दर छ। रह्यो कुरा राष्ट्रिय च्यानल भनेर प्रसारण गर्नेहरुको, शायद अब उहाँहरुले स्वतः समीक्षा गर्ने अवसर पाउनु भएको छ।’

एपी वान टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा आफूलाई पाँचौँ पुस्तासम्मको अन्तर्वार्ता लिने अनुभवी चलचित्र पत्रकारका रुपमा प्रस्तुत गरेका प्रकाश सुवेदीले प्रयोग गरेको भाषा र प्रस्तुति शैलीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed