Banking Khabar
ब्यानर न्युज

डा.केसीसंग गरेका सम्झौताहरूको कार्यान्वयन स्थिति सार्वजनिक गर्न मानवअधिकार आयोगले दियो सरकारलाई निर्देशन

shilalekha
shilalekha
प्रकाशित: September 25, 2020
September 25, 2020
सेयर:

काठमाडों । राष्ट्रिय मानवअधिकार आयोगले डा. गोविन्द केसीसंग सरकारले गरेका सम्झौताहरूको कार्यान्वयन स्थिति सार्वजनिक गर्न मानवअधिकार आयोगको निर्देशन दिएको छ ।

पटक पटकको अनशनका कारण उहाँको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुँदा संक्रमणको जोखिम बढेको भन्दै आयोगले केसीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

आयोगका सचिव वेद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै २९ भदौदेखि आमरण अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभएको छ । आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरा मष्ट मन्दिरमा अनशन बसेका केसीलाई स्वास्थ्य समस्या जटिल बनेपछि मंगलबार काठमाडौं ल्याइएको थियो। उहाँलाई वीर अस्पतालस्थित् राष्ट्रिय ट्रमा सेन्टरमा लगिएपनि उहाँले त्यहा बस्न अस्विकार गर्नुभएको थियो । त्यहाँबाट स्वेच्छिक डिस्चार्ज लिएर त्रिवि शिक्षण अस्पताल महारागञ्ज अस्पतालमै अनशनरत हुनुहन्छ ।

आयोगले चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा केसीसँग सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति गम्भीर हुन र उनको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

साथै, विगतमा भएका सम्झौताहरूको कार्यान्वयन स्थिति सार्वजनिक गर्न र आपसी विमतिका विषयहरू वार्ता र संवादको माध्यमबाट समाधान गर्न आयोगले अपील गरेको छ।