सरकारले रत्नपार्कको नाम फेर्ने निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने कमल थापाको चेतावनी

0
kamal thapa

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिनुभएको छ ।
सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी दिनुभएको हो ।

‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताइरहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य अस्वीकार्य छ। निर्णय सच्याईयोस्। जबरजस्ती गर्न खोजिए अवरोध गर्न बाध्य हुनेछौँ। इनअफ इज इनअफ,’ थापाले ट्वीटरमा लेख्नुभएको छ ।
यस्तै थापाले राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको उल्लेख गर्नुभएको छ ।

उहाँले ट्वीटमा भन्नुभएको छ, ‘नेपाल संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्। भव्य पार्क बनाइयोस्। हाम्रो पूरा सहयोग रहने छ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र विकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस्। द्वन्द्व निम्त्याउने काम नहोस्।

काठमाडौँ मनपाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वको समेत अवमुल्यन भएको छ। राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र होइनन्। उहाँको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नायकका ठाउँमा पार्क बनाऔँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed