सांसदलाई कोरोना खोप लगाउन फागुन १९ देखि २३ गतेसम्म तोकियो

0
parlinment1

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेसँगै संघीय संसद सचिवालयले सांसदलाई कोरोना खोप लगाउन फागुन १९ गते २३ गतेसम्म तोकेको छ ।

कोरोना भाइरसको संक्रमण रहेका बेला संसद सचिवालयले सबै सांसद, कर्मचारी, मर्यादापालक, सञ्चारकर्मीलाई खोप लगाउन ३ दिनको समय तोकेको छ।

सचिवालयका उपसचिव रामहरि थापाद्वारा जारी विज्ञप्तिमा फागुन १९ गते २३ गतेसम्म सिभिल हस्पिटल नयाँ बानेश्वरमा खोप लगाउने कार्यक्रम शुरु हुने उल्लेख छ। पहिलो दिन सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सबै सांसदहरुलाई खोप लगाइनेछ। सोही दिन संसद सचिवालयका कर्मचारीहरु, स्वकीय सचिवहरु, अन्य कर्मचारी मर्यादापालक, संसदीय मामिला पत्रकारहरुलाई पनि लगाइदिनेछ।

दोस्रो दिन २० गते संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल, कुकरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई खोप लगाइनेछ। तेस्रो दिन २१ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरका सबै कर्मचारीहरु, छुटपुट भएका सम्बन्धित सबै महानुभावहरुलाई खोप लगाइनेछ।

निर्धारित समयमा खोप लगाउन कठिनाई हुने सांसद र कर्मचारीलाई संसद सचिवालयमा कार्यरत डा पुष्पराज रिजालसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed