सिमा विवादमा गृहलाई हुम्लाका सहायक सिडियोको स्पष्टीकरण: सिमा विवादबारे सूचना दिनु गल्ती भयो

0
120014407_10218329091046382_2791877466346955420_o

काठमाडौं । हुुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीे दत्तराज हमालले नेपाल–चिन सिमा विवादबारे नागरिक र सञ्चारमाध्यमलाई सूचना दिनु गल्ती भएको स्पष्टीकरण दिनुभएको छ ।

नेपाल–चीन सीमामा चिनले एकतर्फ रुपमा नेतालको भूभागमा भौतिक संरचना बनाएको जनाकारी दिएपछि बुधबार हमाललाई गृह मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
गृहको प्रशासन महाशाखामा बिहीबार स्पष्टीकरण पठाउँदै सहायक प्रजिअ हमालले यस विषयमा बोल्नु आफ्नो गल्ती भएको भन्दै माफी मागेको जानकारी दिएको छ ।

सहायक प्रजिअ हमाललेहुम्लाको नाम्खा गाउँपालिका ६ स्थित ११ नम्बर पिलर हराएको र त्यहाँ चीनले नेपाली भूमि मिचेर एकतर्फी रूपमा भौतिक संरचना बनाएको गृहलाई जानकारी गराउनुभएको थियो ।

उहाँकै जानकारीका आधारमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहितको टोली सीमा क्षेत्रमा पठाएको थियो। हराएको भनिएको पिलर पुरिएको अवस्थामा फेला परेको छ। तर चीनले भने आफूले भवन बनाएको क्षेत्र आफ्नै भूभागमा पर्ने दाबी गर्दै आएको छ।

बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–चीनबीच सीमा समस्या नरहेको र चीनले बनाएको भवन चिनियाँ भूभागमै रहेको बताउनुभएको थियो ।

तर प्रमुख प्रतिपक्षि दल कांग्रेसले भने अनुगमन टोलीमा गएका प्रमुख जिल्ला अधिकारीको धारणा सार्वजनिक नहुदै परराष्ट्रमन्त्रीको धारणा आउनु हतारो भएको भन्दै आपत्ति जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed