विजयप्रकाश मिश्रको स्पष्टिकरण:’सेक्युरिटी प्रेस खरिद प्रकरण छानबिनमा अख्तियारलाई सहयोग गर्छु ।’

0
1599012215_bijya mishra

 

काठमाडौँ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटासंग ‘७० करोड ‘घुस बार्गेनिङ’मा जोडिनुभएका विजयप्रकाश मिश्रले आफूले अख्तियारलाई सहयोग गर्ने बताउनुभएको छ ।
पूर्वमन्त्री गोकुल बाँस्कोटासंगको ‘७० करोड ‘घुस बार्गेनिङ’ गरेको अडियो टेप रेकर्ड गरी सार्वजनिक गर्नुभएका मिश्रले आफू अख्तियारको दायराबाट नभागेको भन्दै ७० करोड कमिसन मागेको अडियो डिभाइस लिन मिश्र जापानमा आएको बुधबार नै एक विज्ञप्ती निकाल्दै बताउनुभएको हो ।

मिश्रले विज्ञप्तिमार्फत भन्नुभएको छ , ‘राजनीतिक आवरणमा भएको सेक्युरिटी प्रेस खरिद प्रकरणको छानबिनका लागि सहयोग गर्छु ।’ अख्तियारले आवश्यक सहयोगका लागि भनी आफूलाई पत्र पठाएको तर काम विशेषले जापान आएको मिश्रले बताउनुभएको छ ।

अख्तियारले पत्रमार्फत आफूलाई बाँस्कोटाको अडियो रेकर्ड गर्दाको रेकर्डिङ डिभाइस बुझाउन भनेको थियो । उक्त डिभाइस जापानबाट लिएर फर्कने मिश्रले बताउनुभयो । मिश्रले सहयोगको लागि भन्दै अख्तियारले पठाएको ८२२९ चलानी नम्बरको पत्र हात परेको र सोही पत्रको आधारमा आफू रेकर्डिङ डिभाईस लिनुपर्ने भएकोले जापान पुगेको र नेपाल फर्कने फ्लाईटसमेत निश्चित भैसकेको स्पष्ट पार्नुभएको छ । आफूलाई भागेर जापान गयो भनि लेखिएका समाचार अतिरञ्जित भएको पनि उहाँले दाबी गर्नुपर्ने ।
अख्तियारको अनुसन्धान अधिकृत र आफूबीच नियमित कुराकानी भइरहेको भन्दै उनले भ्रष्टाचारबाट कोही पनि उम्किन नहुने बताउनुभयो । संसद्मा प्रतिपक्षीले समेत आफूमाथि आक्रमण गरेको भन्दै मिश्रले यो प्रकरणमा आफूले सत्य बाहिर ल्याउने उहाँको भनाइ छ ।

यता मिश्रले सार्वजनिक गरेको अडियो टेपमा तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन सुनिश्चित गर्नखोन्नुभएको थियो । प्रिन्टिङ मेसिनको लागत एक अर्ब रुपैयाँ बढाउन उहाँले आग्रह गर्नुभएको थियो । अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले नैतिकताका आधारमा राजजिनामा दिएके बताएपनि बाध्य भएर पदबाट राजीनामा गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed