Banking Khabar
ब्यानर न्युज

स्थानिय सरकारलाई चाहिने कानुन निर्माणमा सरकार उदासिन:प्रकाशमान सिंह

shilalekha
shilalekha
प्रकाशित: September 18, 2020
September 18, 2020
सेयर:

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार केन्द्रिकृत सत्ता सन्चालनको केन्द्रित रहदा स्थानिय सरकारलाई काम गर्न असहज भएको बताउनुभएको छ।
संघीय संविधान जारी भए पनि सरकार त्यसको भावना र मर्मविपरीत हिँडेको नेता सिंहको आरोप छ । प्रदेश तथा स्थानीय सरकारलाई चाहिने कतिपय कानुन निर्माणमा सरकार उदासिन रहेको आरोप लगाउनुभएको छ ।
शुक्रबार जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा आफ्नै निवासे चाक्सीबारीमा आयोजित कार्यक्रममा नेता सिंहले सरकारले जनतालाई सुशासन दिनुपर्ने बेलामा कोरोनाविरुद्धको औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।

नेता सिंहले भन्नुभयो,‘थुप्रै करप्सनै करप्सन गर्न दुई तिहाइ मत दिएको त होइन नि । सुशासन होस्, जनताको पीरमर्कामा सरकारले सम्बोधन गरोस् भनेर दिएको हो ।’
ता सिंहले गढोशमानसिंहले नेपालीलाई सार्वभौमसत्ता नागरिकको दर्जा दिलाउनमा ठूलो योगदान गरेको स्मरण गर्नुभयो । गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताउनुभएको छ ।

नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न ६ दशक लामो राजनीतिक जिवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा विताएको पनि बताउनुभयो । प्रजातान्त्रका लागि ठुलो संघर्ष गरेको र कष्ट सहेकैले उहाँलाई नेपाली जनताले सँधै सम्झिरहने सिंहको भनाई थियो ।