Banking Khabar
ब्यानर न्युज

स्याङजाको वालिङमा पहिरोमा पुरिएर एकै परिवारका ९ जनाको मृत्यु

shilalekha
shilalekha
प्रकाशित: September 24, 2020
September 24, 2020
सेयर:

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ स्थित तमादीमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ।

एकै परिवारका १० जना पहिरोमा पुरिएका थिए। तीन दिनदेखि परेको अविरल वर्षाले माया नेपालीको घर पुरिएको थियो। पहिरो परेर पाँच महिनाका बालकसहित एकै परिवारका नौ जनाको मृत्यु भएको हो।सुरक्षाकर्मी र स्थानीयले पहिरोमा पुरिएको घरबाट नौ जनाको शव निकालेको उद्धारमा खटिएका प्रहरलिे जानकारी दिनुभयो ।

ज्यान गुमाउनेहरुमा घरधनी ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, ९ वर्षीय विवश नेपाली, १६ वर्षीया विनिता नेपाली, ३० वर्षीय दीपक नेपाली र ६० वर्षीया सानी नेपाली र पाँच वर्षीय बालक कविर नेपाली छन् ।