१७ औं निजामती सेवा दिवसमा सर्वोत्कृष्ट कर्मचारी भेटिएनन्, पुरस्कृत गर्न ४० उत्कृष्ट कर्मचारी छनोट

0
nepali-karmachari

काठमाडौं । सरकारले यस वर्षको १७ औं निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेको छ । तर सरकारले  लगातार चारवर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भने सरकारले फेला पार्न सकेको छैन् ।

सरकारले निजामती सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गर्छ ।

आज मनाइँदै गरेको दिवसमा पनि पुरस्कारका लागि ४० जना कर्मचारीहरु छनोट भएका छन् । तर, एक जनाले मात्रै पाउने २ लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट कर्मचारी भने सरकारले छनोट गर्न सकेन ।

पुरस्कृत हुने कर्मचारीहरुको छनोटका लागि मुख्य सचिवको नेतृत्वमा समिति गठन गरीएको थियो । सो समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीहरु छनोट गरेको छ । तर सर्वोत्कृष्ट पुरस्कारका लागि कोही पनि छनौट नहुँदा देशभर कार्यरत झण्डै एक लाख कर्मचारीहरुमध्ये एक जना पनि सर्वोत्कृष्ट काम गर्ने कर्मचारी रहेनछन् त भन्ने प्रश्न उब्जिएको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा बेइजिङस्थित नेपाली राजदूतावासका सहसचिव सुशील कुमार लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव डिलाराम पन्थी छन् ।

यसैगरी आयोजना कार्यान्वयन निर्देशनालय अनामनगरका सीडीई सुरतकुमार बम, लोक सेवा आयोग केन्द्रीय कार्यालयका उपसचिव टामलाल पाण्डे, कमल गाउँपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अधिकृत ९छैटौं० उषादेवी देवकोटा र प्रधानमन्त्री कार्यालयका हलुका सवारी चालक धनबहादुर लामा पनि एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि छनोट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed