Banking Khabar
ब्यानर न्युज

सिन्धुपाल्चोक लिदि पहिरोमा अभिभावक गुमाएका ८ बालबालिको पूर्व मन्त्री बस्नेतले लिए जिम्मा

shilalekha
shilalekha
प्रकाशित: August 26, 2020
August 26, 2020
सेयर:

काठमाडौं । पूर्व सूचना तथा संचार मन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको लिदिमा आएको बाढीका कारण अभिभावक गुमाएका ८ जना बालबालिको जिम्मा लिनुभएको छ ।
गत आषाढ २५ गतेदेखि श्रावण ३० गते सम्मको अन्तरालमा सिन्धुपाल्चोकमा ८० जना बेपत्ता भएका छन् भने चार दर्जन भन्दा बढीको लाश फेला परेको छ । भने सयौं घरपरिवार घरबार विहिन भएका छन् ।

त्यस्तै कतिपय बालबालिकाहरु परिवार गुमाई टुहुरा समेत भएका छन् ।यसै क्रममा पूर्व मन्त्री बस्नेतले श्रावण ३० गते जुगल गाँउपालिका वडा नं २ स्थित लिदि गाँउमा आएको पहिरोले पनि त्यहाँका मानिसहरुलाई विल्लीबाठ पारि स्तब्ध बनाएको बताउनुभएको छ ।

उक्त पहिरोमा ३९ व्यक्ति बेपत्ता भएकोमा ३२ को लाश प्राप्त भै सकेको छ । सो पहिरोबाट अभिभावक गुमाएका बालबालिकाहरुका लागि काठमाडौंको होस्टलमा राखी कक्षा १२ सम्म शिक्षाको व्यवस्था गरिदिने घोषणा गर्नुभएको हो ।

अभिभावक गुमाउने बालबालिकामा स्मारिका दोङ्ग,सविता दोङ्ग,दुर्गा दोङ्ग, कविता दोङ्ग, अनिता दोङ्ग, कान्छी दोङ्ग, नाम नखुलेको साङ बहादुर दोङ्गकी छोरी गरी सात ९७० जना र आषाढ २५ गते जम्बुको बाढी पहिरोबाट आफ्नो ५ जना परिवार गुमाएर एक्लै बाँचेकी छिरिङ गोले समेत गरी ८ जना बच्चाहरुको १२ कक्षा सम्मको पठन पाठनको व्यवस्था गर्ने जिम्मा आफूले लिने घोषणा पूर्व मन्त्री बस्नेतले गर्नुभएको छ ।

सबै बच्चाहरुलाई यसै शैक्षिक शत्रबाट काठमाडौं उपत्यका भित्र रहेका स्कुलको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने भएकोले यथाशिघ्र सम्पर्कमा आउन वा ल्याउन सम्बन्धित व्यक्ति वा उनीहरुका आफन्तहरुलाई पूर्व मन्त्री बस्नेतले आग्रह गर्नुभएको छ ।