Banking Khabar
ब्यानर न्युज

देशकै ठूलो वीर अस्पतालमा अवदेखि कोरोना संक्रमितको मात्रै उपचार हुने

shilalekha
shilalekha
प्रकाशित: September 6, 2020
September 6, 2020
सेयर:

काठमाडौं । सरकारले देशकै ठूलो वीर अस्पताललाई पूर्ण रुपमा कोभिड १९ संक्रमितका बिरामीहरुको मात्रै उपचार गर्ने निर्णय गरेको छ ।

आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विर अस्पताललाई पूर्ण रुपमा कोरोना संक्रमितको उपचारका लागि मात्रै परिणत गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डाक्टर जागेश्‍वर गौतमले बताउनुभयो ।

इन्सिडेन्ट कमाण्ड सिस्टमको निर्णयबाट आइतबारदेखि वीर अस्पताल कोभिड अस्पतालमा परिणत भएको छ,गौतमले भन्नुभयो,वीरमा उपचाररत अन्य रोगका बिरामीलाई अब राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गरिने छ।

यसअघि गत बुधबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र न्याम्स, वीर अस्पतालका उपकुलपति, निर्देशकसहितको पदाधिकारीको बैठकले वीरलाई कोरोनाका बिरामीको मात्रै उपचार गर्ने अस्पताल बनाउने टुंगो लगाएको थियो।

पछिल्लो पटक वीर अस्पतालका चिकित्सक, नर्स स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। वीरका अधिकांश कर्मचारी आइसोलेसनमा बसेका छन्।