Banking Khabar
मुख्य समाचार

कांग्रेस महामन्त्री शंशाक कोइरालालाई आइसियूमा राखियो, ज्वरो हटेको अस्पतालको भनाइ

shilalekha
shilalekha
प्रकाशित: September 16, 2020
September 16, 2020
सेयर:

काठमाडौं। कोरोनाभाइरसको संक्रमण भएका बेला ज्वरो आएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई आइसियूमा राखिएको छ।
कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहनुभएका कोइरालामा ज्वरो बढेपछि मंगलबार साँझ ओम अस्पताल लगिएको थियो । उपचारमा सजिलो होस र भीडभाडबाट जोगाउन सजिलो हुन्छ भनेर आइसियुमा राखिएको अस्पताल स्रोतले जनाएको छ।

शशांकको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा बिश्वनाथ कोइरालाको नेतृत्वको टिमले उपचार गरीरहेको छ । कोइरालाको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध संचालक बाबुकाजी कार्कीले जानकारी दिनुभएको छ । अहिले ज्वरो हटेको र आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ।

कोइरालालाई गत भदौ २३ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमण भएपनि उहाँलाई लक्षण देखिएको थिएन। लक्षण नदेखिएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको थियो ।