Banking Khabar
ब्यानर न्युज

आफुसंग सहमति नै नगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै प्रचण्डको गम्भिर आपत्ति

shilalekha
shilalekha
प्रकाशित: October 14, 2020
October 14, 2020
सेयर:

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनप्रति गम्भीर आपत्ति प्रकट गर्नुभएको छ ।

‘मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको क्षेत्राधिकार भए पनि अहिले जसरी गरिएको छ, यसमा प्रचण्ड सहमत हुनुहुन्न’, प्रचण्डनिकट स्रोतकाे भनाइ छ।

प्रचण्डनिकट स्रोतका अनुसार, “अध्यक्ष प्रचण्डको मन्त्रिपरिषद् पुनर्गठनप्रति पूर्णतः असहमति रहेको छ । स्थायी कमिटी र सचिवालय बैठकको म्यान्डेटअनुसार भएन भन्ने उहाँको कुरा छ,” ।

बुधबार दुई अध्यक्षको बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा कर्णाली प्रदेशको विवाद सल्ट्याउने विषयमा मात्रै कुरा भएको स्रोतको जिकिर छ ।

गत भदौ २६ मा सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेपछि दुई अध्यक्ष सघन छलफलमा हुनुहुन्थ्याे ।साँझ बिहान लगातार हुँदै आएको छलफलमा अध्यक्ष प्रचण्डले हटाउनुपर्ने मन्त्रीहरुलाई हटाएर एकैपटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नेमा जोड दिँदै आउनुभएकाे थियाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् १२ औंपटक पुनर्गठन गर्दै अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई दिनुभएको छ। त्यस्तै सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीला श्रेष्ठलाई जिम्मेवारी दिनुभएको थियो ।

रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मा दिनुभएको थियो भने सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको थियो ।