Banking Khabar
मनाेरञ्जन

माझीबस्तीबारे श्वेता खड्काको स्पष्टीकरण:’कसैसंग भिख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु’

shilalekha
shilalekha
प्रकाशित: February 12, 2021
February 12, 2021
सेयर:

काठमाडौं । नायिका श्वेता खड्काले केही दिनअघि सामाजिक सञ्जालमा आफ्नो पहलमा निर्माण भएको माझी बस्तिका लागि आर्थिक सहयोगको कबुल गरेर पनि हात झिकेको गुनासो गर्दै एउटा स्टाटस देखेकी थिइन् । जसले उनलाई नराम्ररी ब्याक फायर भयो ।

श्रीकृष्ण श्रेष्ठको निधनपछि आम दर्शकबाट माया र सहानुभूति पाइरहेकी श्वेतालाई यसपाली भने सहानुभुति मिलेन । धेरैले उनीमाथि प्रश्न उठाए । करोडौं खर्च गरेर भड्किलो विहे र श्रृंखलावद्ध भोज खुवाउन सक्नेले पैसाको बहानामा माझी बस्तिलाई ‘अलपत्र’ बनाएको आरोप उनीमाथि लाग्यो । र, शुक्रबार श्वेताले यसै विषयमा स्पष्टिकरण फेसबुकमार्फत दिएकी छन् । र छिट्टै प्रेस मिटको आयोजना गरी सवै जानकारी दिने पनि बताएकी छीन् ।

स्टाटसमा सबै निकायहरुसँग हातेमालो गरेर माझीबस्तिले स्वरुप लिएको र वस्तिका लागि पैसा उठाएर आफूले दुरुपयोग गरेको भेटिए, कालोमोसो दलेर जुत्ताको माला लगाउन तयार रहेको बताएकी छन् ।

उनी लेख्छिन्, ‘मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरु पनि देखेको छु । तर जसले मलाई फाउण्डेसनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणित गर्छ, त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु ।’

उनल बन्दै गरेको माझी बस्तिलाई सम्पन्न गर्नु आफ्नो कर्म र धर्म भएको बताएकी छन् । आफूले अपिल गरेको आर्थिक सहयाग नजुटे पनि बस्तिलाई सम्पन्न गर्ने आफ्नो जिम्मेवारी भएको उनको भनाइ छ ।

‘म मेरो जिम्मेवारीबाट विमुख हुनेछैन, ‘माझी टोलबाट हात झिकी’ भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु’ जवसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन,’ उनले लेखेकी छन्, ‘मेरो अन्तिम इच्छा म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्यष्टी त्यहीं गरिओस् ।’

हेर्नुस् स्वेताको स्टाटस