Banking Khabar
बीमा

बीमा पोलेसी धितो राखेर बैंकबाट कर्जा लिन नपाइने

shilalekha
shilalekha
प्रकाशित: February 18, 2021
February 18, 2021
सेयर:

काठमाडौं । अबदेखि बीमा पोलेसी धितो राखेर बैंकबाट कर्जा लिन नपाइने भएको छ । बीमा समितिले कम्पनीहरुले बिक्री गरेको बीमा लेख धितो राखी बिमितलाई कर्जा लिन नमिल्ने व्यवस्था गर्ने तयारी गरेको हो ।

बीमा समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसाद शिलवालले बीमा लेख धितो राखी बैंकबाट कर्जा लिन रोक लगाउन राष्ट्र बैंकमा पत्राचार गरिएको जानकारी दिए ।

‘कम्पनीहरुलाई बीमा लेख धितो राखी बैंकबाट कर्जा लिन नमिल्ने व्यवस्था गर्न समितिको तर्फबाट गर्नु पर्ने काम गरिसकेको छौँ,’ उनले भने, ‘बैंकहरुलाई बीमा लेख धितामा कर्जा नदिन निर्देशन दिन अथवा आवश्यक सम्वन्य गर्ने राष्ट्र बैंकलाई पत्र यसैसाता पत्र पठाइएको हो ।’

पोलेसी बिक्री गर्ने कम्पनीहरुबाटै बीमितले बीमा लेख धितोमा कर्जा लिन पपाउने व्यवस्था भएपनि बैंकबाट कर्जा लिन नपाउने अध्यक्ष सिलवालले बताए ।

हालसम्म कानुन विपरित भएका कार्य रोक्न सो पहल गरिएको उनको भनाइ छ ।

२७ वाणिज्य बैंकमध्ये ८/१० वटा बैंकले बीमा लेख धितोमा करिब १ अर्ब बढी कर्जा दिएको छन ।