चैत महिनाबाट रोकिएको लाइसेन्स नवीकरण आइतबारदेखि खुल्ने,नयाँ परीक्षा अनिश्चित

0
1528089591licence3

 

काठमाडौं । गएको भदौै ३ गते जारी गरीएको दोस्रो चरणको निषेधाज्ञा उपत्यकामा बिहिबारदेखी खुकुलो भएसँगै आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको काम हुने भएको छ।

कोरोना भाइरसको संक्रमणका कारण चैत ११ देखि रोकिएको लाइसेन्स नवीकरणको काम आइतबारदेखि खुल्ने भएको हो ।  यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्तकुनाले सूचना जारी गरी नवीकरणको काम सुरु हुने जनाएको हो।

बिहीबार एक सूचना जारी गर्दै लाइसेन्स नवीकरण कार्य पुनः सुरु गर्ने उल्लेख गरेको छ। निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको छ।

तर, नयाँ लाइसेन्सका लागि परीक्षाको लागि भने अहिलेसम्म कुनै निर्णय गरिएको छैन । अरु सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहने कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed