Banking Khabar
मनाेरञ्जन

जनक ताम्राकारको नयाँ गीत ‘माया हो’ ट्रेन्डिङ नम्बर २५ मा

shilalekha
shilalekha
प्रकाशित: March 23, 2021
March 23, 2021
सेयर:

काठमाडौं । गायक जनक ताम्राकार र गायिका अस्मिता अधिकारीको ‘माया हो’ बोलको गीतको म्युजिक भिडियो युट्युबको ट्रेन्डिङमा परेको छ ।

सार्वजनिक गरेको चौबिस घण्टामै गीत युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको हो। यो समाचार तयार पार्दासम्म गीत २५  नम्बर ट्रेन्डिङमा रहेको छ।

बिहीबार सार्वजनिक गरिएको गीत दर्शकहरुले निकै मन पराएका छन्। सार्वजनिक गरेको तीन दिनमै गीत युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ।

उक्त गीत बिहीबार जी टु वान च्यानलबाट सार्वजनिक भएको हो। उक्त गीतको भिडियोमा नायक नाजिर हुसेन र नायिका रियाशा दाहालको अभिनय रहेको छ।

महेश ताम्राकारको शब्द र संगीत रहेको गीतमा संगीत संयोजन उदयराज पौडेलले गरेका छन् भने गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

उक्त गीतको म्युजिक भिडियोलाई अहिलेसम्म करिब साढे २ लाखले हेरेका छन्। पहिलो गीतको रूपमा ‘जुनकिरी’ बोलको गीत बजारमा ल्याएका जनकको यो सातौँ गीत हो। यसअघि उनले गाएको ‘काफल खान्या कुइयाँ’ निकै चर्चित बनेको थियो।

‘माया हो’ बोलको गीत पनि दर्शकहरुले तीन दिनमै धेरै रुचाएको र सकारात्कम प्रतिक्रिया पाएको जनकले बताए। ‘दर्शकको माया साथ सपोर्टले थप जिम्मेवारी थपिएको छ’, उनले भने, ‘आगामी दिनमा सबै खाले गीतहरु बजारमा ल्याउने प्रयास हुनेछ।’