Banking Khabar
ब्यानर न्युज

उपेन्द्र यादवविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा, निर्वाचन आयोगको निर्णयलाई चुनौती

shilalekha
shilalekha
प्रकाशित: July 23, 2021
July 23, 2021
सेयर:

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवादलाई लिएर अध्यक्ष महन्थ ठाकुर सर्वोच्च पुगेका छन्।

अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन्। ठाकुरले वारेस प्रदीप कुमार पाठकमार्फत सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्। उनले अध्यक्ष यादव र निर्वाचन आयोगलाई विपक्षी बनाएर निवेदन दर्ता गराएका छन्।

जसपामा ठाकुर र यादव पक्षबीच आधिकारिकता विवाद कायम छ। दुवै पक्षले आफ्नो पक्षमा बहुमत भएको दावी गरेको छ। जसमा आयोगले सक्कली प्रमाण मागेको थियो।

जसअनुसार दुवै पक्षबाट दावी पेश हुँदा ठाकुर पक्षको दावीलाई आयोगले अस्वीकार गरेको थियो। आयोगको सोही निर्णयलाई चुनौती दिँदै ठाकुर सर्वोच्च पुगेका हुन्।