Banking Khabar
ब्यानर न्युज

२१औं तिज श्रृजनशिल उद्यमी मेला २०८१ आयोजना हुँदै

shilalekha
shilalekha
प्रकाशित: August 19, 2024
August 19, 2024
सेयर:
२१औं तिज श्रृजनशिल उद्यमी मेला २०८१ आयोजना हुँदै

काठमाडौँ । हरितालिका तीजका अवसरमा काठमाडौँमा २१औं तिज श्रृजनशिल उद्यमी मेला २०८१ आयोजना हुने भएको छ ।
महिला श्रृजनशील केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रा लि इभेन्ट संसारको व्यवस्थापनमा यही भदौ ७ गतेदेखि ९ गतेसम्म उद्यमी मेला आयोजना गरिएको हो ।

तीन दिने मेला बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा आयोजना हुनेछ । यो मेलालाई डाबर नेपालको डाबर गुलावरीले मुख्य प्रायोजन गरेको हो । मेलालाई चन्द्रागिरी नगरपालिकाले सपोर्ट गरेको छ । मेलाको प्रमुख प्रायोजकमा डाबर गुलावरी र प्रयोजकहरुमा पूजा अगरबत्ती र मनकामना दर्शन प्रा।लि। रहेका छन् ।

श्रृजनशील महिला दिदीबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्न यो मेला आयोजना गरिएको श्रृजनशील महिला केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन ।
महिला दिदीबहिनीहरुलाई आर्थिक रुपमा सवल बनाई प्रविधिमैत्री वातावरण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ यो मेला आयोजना हुँदै आएको छ’ अध्यक्ष मिलु थापाले भनिन्, ‘समुदायहरुलाई सीप सिकाई उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलालाई अवसरका रुपमा लिन सकिन्छ ।’

मेलामा घरेलु तथा हस्तकलाका सामग्रीहरु, महिला उद्यमशीलताका वस्तु तथा सेवाहरु, तीज विशेष खानाका परिकारहरु, निःशुल्क स्वास्थ्य शिविर, मेहन्दी आर्ट तथा हात खाली नजाने विशेष उपहारहरु राखिएको मेला व्यवस्थापक पशुपति केसीले पत्रकार सम्मेलनमार्फत जानकारी गराए । यो मेलामा ७० वटा भन्दा बढी स्टलहरु रहने र त्यसमा ७ वटा स्टल असहाय, अशक्त, अपाङ्ग र पिछडिएको ग्रामीण क्षेत्रका दिदीबहिनीहरुका लागि निःशुल्क उपलब्ध गराइएको पनि उनले बताए ।