ड्रग्स मामिलामा गिरफ्तार भएकी रिया चक्रवर्तीको धरौटीमा रिहा गर्ने याचिका अदालतद्वारा खारेज

0
riya

नयाँदिल्ली । सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्सको विषय सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । उनी नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को हिरासतमा अब २२ सेप्टेम्बरसम्म बस्नुपर्नेछ ।

धरौटीमा रिहा गर्ने निवेदन याचिका अदालतले खारेज गरेपछि उनि हिरासतमा बस्नुपर्ने भएको हो। सबै ६ आरोपित रिया, शोविक, दीपेश सावन्त, स्यामुअल मिरांडा, जैद, बासित परिहार हिरासतमा बस्नेछन् । रिया २२ सेप्टेम्बरसम्म भायखला जेलमा रहनेछिन्। रियालाई धरौटीमा छुटाउन उनका वकिल उच्च अदालतको ढोका ढकढकाउने सक्ने बाटो भने खुलै छ।
एनसीबी बलिवुडमा ड्रग्सको ठुलो गिरोह रहेको आशंकामा यो घटनालाई जोडेर अनुसन्धान गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

रियालाई अभिनेता सुशान्तलाई ड्रग्स खुवाएको प्रमाण फेला परेपछि हिरासतमा लिइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
गत जुन १४ मा आफ्नै घरमा मृत फेला परेका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई हत्या भएको भन्ने आम जनता र परिवारको दाबि पछि अहिले यस विषयको अनुसन्धान सिबिआइले गरिरहेको छ । यस क्रममा सुशान्तसँग जोडिएका एक दर्जन भन्दा बढीको बयान समेत लिइएको छ । घटनालाई राजनीतिक रंग दिन थालिएपछि यस प्रकरणलाई सिबिआइको जिम्मा दिइएको हो ।

अहिले यो प्रकरणलाई हत्या, ड्रग्स र गैरकानुनी कमाईको पक्षबाट तीन एजेन्सी, सिबिआइ, एनसीबी र विदेशी मुद्रा र राजश्व गर्ने प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed