Banking Khabar
ब्यानर न्युज

जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्न जनता समाजवादी पार्टीको माग

shilalekha
shilalekha
प्रकाशित: September 13, 2020
September 13, 2020
सेयर:

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले थारु नेता रेशम चौधरीको रिहाइ गर्न माग गरेको छ। पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आइतबार एक विज्ञप्ती जारी गर्दै चौधरीको यथाशिघ्र रिहाइको माग गर्नुभएको हो ।

‘हाल जेलमा रहेका जसपा, नेपालका नेता मा. रेशम चौधरी लगायतका नेतारकार्यकर्ताहरु माथि सरकारले लगाइएका मुद्दाहरु खारेजगरी मा। रेशम चौधरीलाई यथाशिघ्र रिहाई गरिनु पर्दछु विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा मधेशरथरुहट आन्दोलनहरुमा सहभागि भएका केही नेता तथा कार्यकर्ताहरु माथि सरकारद्वारा मुद्दा चलाउने, धन सम्पति रोका गर्ने, थुनामा राख्ने कार्य अझै सम्म जारी रहेको भन्दै उक्त कार्य बन्द गर्न पनि आग्रह गरिएको छ।

२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए। सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भए।

घटनाका मुख्य आरोपी चौधरीले २०७४ फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। त्यसयता उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्।

चौधरी गत निर्वाचनमा कैलाली १ बाट निर्वाचित भएका थिए। २०७५ पुस १९ गतेमात्रै उनले प्रतिनिधिसभा सांसदका रुपमा सपथ लिएका थिए। भने हाल निलम्वनमा रहेका छन् ।