असोज १ गतेदेखि लामो दुरीमा बस सञ्चालन हुने, ५० प्रतिशतसम्म बढी भाडा उठाउन पाउने

0
Janakpur-Bus

काठमाडौं ।सरकारले लामो दुरीका यातायात असोज १ गतेदेखि नै खुला गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।

तर यसरी गाडी चलाउँदा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाइनेछ। यसका साथै एकातर्फको सिटमा एकजना मात्रै यात्रु राख्‍न पाइने भएको छ। परराष्ट्र मन्त्री ज्ञवालीले व्यवसायीले अहिलेको भाडादरमा ५० प्रतिशत बढाएर यात्रु बोक्‍न सक्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।

त्यसैगरी आन्तरिक उडान पनि यही असोज १ गतेबाटै चल्ने भएका छन्। जहाजलाई पनि बसमा जस्तै स्वास्थ्य सुरक्षा मापदण्ड तय गरिएको बताउनुभयो । भाडादरबारेको निर्णय भने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले लिने भएको छ।

ज्ञवालीका अनुसार जहाजमा यात्रा गर्दा कम्तीमा ७२ घण्टाअघिको पिसिआर रिपोर्ट चाहिनेछ। पिसिआर रिपोर्ट देखाएपछि मात्रै जहाजमा यात्रा गर्न पाइने निर्णय भएको ज्ञवालीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed