६ महिनादेखि बन्द होटल,रेष्टुरेण्ड र ट्रेकिङ व्यवसाय असोज १ गतेबाट सञ्चालन गर्न पाइने

0
hotel

काठमाडौँ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी असोज १ गतेबाट होटल,रेष्टुरेण्ड तथा ट्रेकिङ व्यवसाय सञ्चालन ह हुने भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड पालना गरी होटल तथा रेष्टुरेण्ड खोल्न दिने निर्णय गरेको हो।
अहिलेसम्म सरकारले ‘टेक अ वे’ सेवा मात्र लिन पाउने व्यवस्था गरेको थियो। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका पवक्ता प्रदीप ज्ञवालीले असोज १ गतेबाट होटल तथा ट्रेकिङ व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed