Banking Khabar
मुख्य समाचार

नेपाल–चीनबीचको ११ नम्बर सीमा स्तभ ५८ वर्षपछि भेटियो

shilalekha
shilalekha
प्रकाशित: September 24, 2020
September 24, 2020
सेयर:

काठमाडौं । ५८ वर्षदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमा स्तम्भ फेला परेको छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले ११ नम्बर पिल्लर फेला पारेको हो ।

नाम्खा गाउँपालिका–६ स्थित टाकुलेमा सीमास्तम्भ फेला परेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो ।

‘चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको टोलीले बुधबार टाकुलेमा ११ नम्वर पिल्लर फेला पारेको छ,’ उहाँले भन्नुभयो, ‘विस्तृत विवरण भने प्रजिअ सदरमुकाम फर्केपछि थाहा होला ।’

सीमा प्रहरी चौकी हिल्साभन्दा करिब पाँच हजार दुई सय मिटर उचाईमा ११ नम्बर पिल्लर फेला परेको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो ।

हराएको पिल्लर खोज्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित दुई छुट्टाछुट्टै टोली सीमा क्षेत्रमा खटाइएको थियो ।
सो सीमास्तम्भ २०१९ सालमा दुई देशको सीमामा गाडिएको थियो । ५८ वर्षपछि नेपाली टोलीले सो सीमास्तम्भ भेटेको हो ।