प्रदेश ५ राजधानी विवाद: सत्तारुढ नेकपाको प्रस्तावमा नेकपाकै १४ सांसदको विरोध

0
1601636944_p555

काठमाडौं । प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने पस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सासंसहरुले विरोध जनाएका छन् ।
प्रदेश ५ नेकपाले प्रदेशको नाम लुम्विनी र राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव पेश गरेसंगै प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा प्रस्ताव लगिएको थियो
त्यसबारे छलफल गर्न शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’लेखेका छन् । वैठकमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थी, पाल्पाका युवराज खनाल लगायत १४ जनाले दाङ स्थायी राजधानी बनाउने सरकारको प्रस्ताव उपयुक्त नभएको भन्दै नोट अफ डिसेन्ट लेखेको सांसद भोजप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सांसद श्रेष्ठ सहति १४ सासदले लेखेको मरक मतमा ‘ऐतिहासिक, साँस्कृतिक, पुरातात्वीक र प्रयाप्त पूर्वाधार र अस्थाइ संरचनामा सरकारले लगानीलाई वेवास्था गरीएको छ । यो स्थानलाई अवमुल्यन गर्दै अनुपयुक्त स्थानमा राजधानी सार्ने निर्णय प्रकृया प्रति असहमति जाहेर गर्दै फरक मत दर्ज गर्दछौं’।
बैठकमा नेकपा प्रदेश ५ इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई पार्टीको निर्णय बाहिर नजान निर्देशन दिनुभएको छ ।
तर पार्टीका सासंदहरुले भने ह्वि जारी गरेर मतदानका लागि जोड गरे पनि आफू्ना विचार निर्वाध रुपमा राख्नपाउनुपर्ने र नेतृत्वले अंकुश लगाउन नहुने कुरा राखेका थिए ।

यस्तो छ नेकपाका १४ सांसदको ‘नोट अफ डिसेन्ट’:

प्रदेश नं. ५ को राजधानी बुटवलबाट सार्ने निर्णय प्रति

असहमति राख्दै फरक मत दर्ज गर्ने सम्बन्धमा ।

मिति : २०७७ साल आश्वीन १७ गते

ऐतिहासिक, साँस्कृतिक, पुरातात्वीक हरेक हिसाबले महत्वपूर्ण रहेको विश्व शान्तीका अग्रदुत महामानव गौतमबुद्धको क्रिडास्थलको रुपमा रहेको यस अस्थाई राजधानीको पूर्ववर्ती सरकारले गहन अध्ययनका साथ जनसंख्याको वाहुल्यता, शैक्षिक, यातायात, स्वास्थ्य, रोजगार प्रवद्धनको आधारमा ५ नं प्रदेशको अस्थाई राजधानीको रुपमा निर्णय समेत भइसकेको रुपन्देही जिल्ला तथा बुटवल नगरमा प्रयाप्त पूर्वाधार रहेको, प्रयाप्त जमीन उपलब्ध हुन सक्ने स्थान जहाँ सरकारले प्रयाप्त लगानी गरीसकेको छ । यो स्थानलाई अवमुल्यन गर्दै अनुपयुक्त स्थानमा राजधानी सार्ने निर्णय प्रकृया प्रति असहमति जाहेर गर्दै फरक मत दर्ज गर्दछौं ।

१. मा. भोज प्रसाद श्रेष्ठ
२. मा. कृष्ण प्रसाद न्यौपाने
३. मा. दधिराम न्यौपाने
४. मा. सुनिता ठडेर
५. मा. विमला पंन्थी
६. मा. थान कुमारी थापा
७. मा. तुल्सी प्रसाद चौधरी
८. मा. युवराज खनाल
९. मा. नारायण प्रसाद आचार्य
१०. मा. रमा घर्ती मगर
११. मा. डा. पूरन आचार्य
१२. मा. धर्म बहादुर लाल श्रीवास्तव
१३. मा. विष्णु प्रसाद पन्थी
१४. मा. फौजिया मियाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed