प्रदेश नं ५ राजधानी भालुवाङका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप तर सासंद भन्छन्– ह्वीप मानिन्न, दाङमै भोट हालिन्छ

0
collage (12)

काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मत हाल्न नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ ।

प्रदेश सरकारले प्रदेशसभामा पेस गरेका प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिनुभयो । नामका बारेमा भने कांग्रेसको असहमति नरहेको उहाँले बताउनुभयो ।

तर पार्टीको ह्रीप नमान्ने बाँकेका सासंद सुरेन्द्र हमालले बताउनुभएको छ । कांग्रेस सांसद हमालले आफूले ह्वीप नमान्ने र दाङ राजधानी बनाउने प्रस्तावको पक्षमै भोट हाल्ने बताउनुभएको छ ।

‘ह्वीप मानिँदैन, दाङकै पक्षमा भोट हालिन्छ,’ कांग्रेस सांसद हमालले भन्नुभयो, ‘मैले मात्र होइन, दाङ जिल्लादेखि बाँके र बर्दियाका कांग्रेसका माननीयहरुले पनि दाङकै पक्षमा भोट हाल्नु हुन्छ ।’

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)देखि बर्दियासम्मको भूगोललाई दाङ नै पायक पर्ने भन्दै उनले दाङ देउखुरीको भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव उपयुक्त रहेको बताउनुभयो ।

प्रदेश ५ सरकारले राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ । सो प्रस्तावमाथि प्रदेशसभाको मंगलबार मतदान हुँदैछ । बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी कांग्रेसले दाङको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed