कुर्सी तोडफोडका विषयमा ट्वीटरमा नेकपा प्रवक्ता र कांग्रेस प्रवक्ता विच जुहारी चल्यो

0
bi

काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी कहाँ राख्ने र प्रदेशको नाम के रहने भन्ने विषयमा सोमबार सदनमा भएको गतिविधिबारे सत्तापक्ष र विपक्षी दलका नेताहरुले विभिन्न प्रतिक्रिया दिइइरहेका छन् ।

मंगलबार ट्वीट गर्दै शर्माले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्नुभएको छ–अरुले गरे बेठिक आफ्नाले गरे ठिक रु कता हुनुन्छ नेकपा प्रवक्ता ।’

उहाँले लेख्नुभएको छ, ‘कुर्सी तोडफोड गलत, कांग्रेस प्रवक्ता बोल्ने, मन्त्रीको उत्तेजक आदेश गलत, नेकपा प्रवक्ता किन नबोल्ने रु संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश प्रवक्ताज्यु ?’

यता प्रदेशका आन्तरिक मा मिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका नेपाली कांग्रेसका सांसदलाई घिसारेर निकाल्न दिएको आदेशबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘मन्त्रीको उत्तेजक आदेश अनधिकृत,असंसदीय र आपत्तिजनक’ भन्नुभएको छ ।

सोमबार सदनमा कांग्रेस सांसदहरु ध्वंसात्मक गतिविधिमा उत्रिएपछि मन्त्री केसीले संसद बैठकको मर्यादा गर्न उभिएका मर्यादापालकलाई पटक पटक हातले तान्दै विरोधमा उत्रिएकाहरुलाई लतारेर बाहिर निकाल्न दिएको निर्देशन दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed