Banking Khabar
ब्यानर न्युज

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ दुईतिहाइ बहुमतबाट पारित

shilalekha
shilalekha
प्रकाशित: October 6, 2020
October 6, 2020
सेयर:

काठमाडौं। प्रदेश ५ को स्थायी राजधानी प्रदेश सरकारले दर्ता गरेको प्रस्ताव प्रदेशसभाको दुई तिहाइ बहुमतबाट पारित भएको छ।

प्रदेश ५ को प्रदेशसभामा मंगलबार भएको मतदानबाट उक्त प्रस्ताव पारित भएको हो। प्रदेशसभामा उपस्थित ८२ सांसदमध्ये प्रस्तावको पक्षमा ६९ जना र विपक्षमा १३ जनाले मतदान गरेका थिए।

यससँगै अब प्रदेशको राजधानी दाङको भालुवाङ कायम भएको छ।प्रदेशसभामा कूल ८७ सांसद रहेकामा ६१ जना सत्तारुढ दल नेकपाका सांसद थिए। नेकपाले प्रस्तावको पक्षमा र नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न आ–आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका थिए।

प्रदेश ५ सरकारले गत शुक्रबार भालुवाङ बजार र त्यस आसपासको राप्ती किनारले समेटेको उपत्यकालाई स्थायी राजधानी बनाउने निर्णय गरेको थियो।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले उक्त प्रस्तावको विरोध गर्दै सोमबार प्रदेशसभा बैठकमा तोडफोड गरेका थिए। जन समाजवादी पार्टीले पनि सरकारको प्रस्तावको विरोध जनाएको थियो।