Banking Khabar
मुख्य समाचार

प्रदेश ५ का कानुन मन्त्री केसीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रदेशसभा चल्न नदिने कांग्रेसकाे चेतावनी

shilalekha
shilalekha
प्रकाशित: October 7, 2020
October 7, 2020
सेयर:

काठमाडौं । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशसभा रोष्टमबाटै कांग्रेस सासंदलाई लक्ष्ति गर्दै दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी नेपाली कांग्रेसले माग गरेको छ।

मन्त्रीले सोमबार रोष्टमबाटै आफू बोलिरहेका बेला नाराबाजी गर्नेहरू ‘कांग्रेस सांसदहरू’ लाई घिसारेल निकालिहाल्न मर्यादापालकलाई निर्देशन दिनुर्भको थियो ।

मन्त्रीको उक्त अभिव्यक्ति संसदको मर्यादाविपरीत भएको कांग्रेसको भनाइ छ। कांग्रेस सचेतक निर्मला क्षेत्रीले विज्ञप्ति निकालेर मन्त्री केसीले बोलेका शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन माग गर्नुभएको हो ।

‘मन्त्रीले बोलेको शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन र उक्त शब्द फिर्ता लिन रूलिङ गर्न सभामुखमार्फत् अनुरोध गर्दछौं,’ कांग्रेसले भनेको छ, ‘अन्यथा संसदको आगामी कार्यक्रमहरू अवरूद्ध गराइरहने जनकारी गराउँदछौं।’

प्रदेश सभा बैठकमा स्थायी राजधानी दाङ र नाम लुम्बिनी प्रस्तावमाथि छलफल भइरहेको छ। सांसदहरूले सोधेका प्रश्नमा सोमबार मन्त्री केसीले जवाफ दिइसकेका छन्।

मन्त्री केसीले ‘संसदको गरिमा र मर्यादाविपरीत कांग्रेस सांसदलाई घिसारेर निकालिहाल भन्ने शब्दले झन् संसद उत्तेजित बनाइएकोप्रति आपत्ति छ,’ सचेतक क्षेत्रीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

बुटवललाई नै स्थायी राजधानी कायम गर्न कांग्रेसले माग गरेको छ। कांग्रेसका तीन सांसदले सोमबार प्रदेशसभा चलिरहेका बेला नाराबाजी गर्दै कुर्सी, टेबुल र माइक तोडफोड गरेका थिए।