प्रधानमन्त्री ओलीले भने,‘आफूले राजिनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो।’

0
kp woli

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताउनुभएको छ ।
बुधबार काठमाडौंस्थित एक कार्यक्रमममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा राजीनामा दिनपर्यो भनेर हल्ला फैलिएको भन्दै आफु त्यसका लागि तयार नभएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो,सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो। तर, तपाईँहरु बिचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ?, उहाँले प्रश्न गर्दै भन्नुभयो, मेरो लागि होइन, देशको लागि हो। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।उहाँले आफूले राजीनामा नदिने कुरा पटक पटक दोहोर्‍याइरहेको समेत बताउनुभयो ।
मैले रिपिटेड्ली भन्या छु। फेरि केहीले खोई त राजीनामा भन्दै मागिरहेका छन् भन्ने सुन्छु है। तयारी गर्दै छन्। यो तयारी अन्तिममा के हुनेछ। केही पनि हुनेवाला छैन ।

उहाँले आफ्नो रहरले प्रधानमन्त्री नभएको भन्दै जनताको आवश्यकता र समर्थनले भएको दाबी गनुभयो ।
यहाँ पुर्‍याएको म जालझेल तिकड्मबाट होइन। यहाँ पुगेको ब्यापक जन समर्थनबाट हो, प्रधानमन्त्री ओलीले भने, त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुस्। यो सरकार यस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि।

केही केहीको यो अस्थिरताको खेती धेरै गर्ने, देशलाई अस्थिरता तर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत छ किरु एडिक्ट भएका छन् कोही। यस्तो एडिक्सनलाई म के भनुँ। तर देशमा स्थिरताका लागि हामी काम गर्छौँ। स्थिरता विकासका लागि हो। जनताको जीवनमा परिवर्तनका लागि हो,उहाँले कोभिडसँगको लडाइ जित्नेसमेत दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed