पार्टी फुटबाट जोगाउन हदैसम्मको प्रयास गरीरहेको छु :प्रचण्ड

0
parchanda

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पार्टीलाई फुटबाट जोगाउन धेरै प्रयास गरीरहेको बताउनुभएको छ ।
शुक्रबार धुम्बाराहीमा आफैंले बोलाएको बैठकपछि उपस्थित पत्रकारहरुमाझ उनले यसपटक पनि पार्टी एकतालाई जोगाउन आफू सफल हुने प्रतिक्रिया दिनुभएको थियो । अध्यक्ष दाहालले भन्नुभयो, पार्टीलाई फुटबाट बचाउनका लागि मैले पटकपटक धेरै प्रयास गरेको छु। सफलता पनि प्राप्त हुँदै आएको छु, उहाँले यो पटक पनि आफ सफल हुने विश्वास व्यक्त गर्नभएको छ ।

प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठकमा बहुमत सदस्य उपस्थिति थिए। प्रचण्ड सहित झलनाथ खनाल, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ तथा बामदेव गौतम उपस्थित बैठक करिब डेढ घण्टा चलेको थियो।

बैठकले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर औपचारिक बैठकका लागि आग्रह गर्ने निष्कर्ष निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed