Banking Khabar
मुख्य समाचार

राजावादीहरुको प्रदर्शन योगी नरहरिनाथहरुको भद्दा नक्कलः बाबुराम भट्टराई

shilalekha
shilalekha
प्रकाशित: November 30, 2020
November 30, 2020
सेयर:

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पुस्ताले ल्याएको लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको बताउनुभएको छ ।

पछिल्ला दिन एउटै शैलीमा देशका प्रमुख शहर र काठमाडौंमा गरिएका राजावादीहरुको प्रदर्शनको कडा आलोचना गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताउनुभएको हो । सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष भट्टराईले ती प्रदर्शनलाई ०१७ सलाका योगी नरहरिनाथहरुको भद्दा नक्कलको संज्ञा दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ।

तर यो२१औं शताब्दी हो, ससार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन्। हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको छ है १’ एउटै शैली पछिल्ला दिन काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भैरहेका छन् ।