तनहुँमा कांग्रेसले शक्ति प्रर्दशन गरेर रामचन्द्र पौडेलले गरे पुल उद्घाटन

0
ब्यास नगरपालिका तनहुँस्थित बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गर्दै नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गर्नुभएको छ ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल बिहीबार पौडेलले रिवन काटेर पुलको उद्घाटन गर्नुभएको हो ।
पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित भएका थिए । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए।

उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारीलगायत नेताहरू पनि सहभागी थियो । बुधबार पुल उद्घाटन गर्न जाँदा बुधबार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो।

यो पुल उद्घाटन कांग्रेस नेताले गर्न नहुने भन्दै नेकपाले नेकपा नेताकै हातबाट उद्घाटन गर्नुपर्ने बताउँदै आएका थिए।  यो पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिए पनि दुई वर्षदेखि उद्घाटन हुन सकेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed